दफा २९
अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्ने
यस ऐन अन्तर्गतको कसुरको अनुसन्धान र तहकिकात गर्न अनुसन्धान अधिकारीले आवश्यकता अनुसार आफ्नो मातहतका कुनै अधिकृत, कुनै सरकारी अधिकृत वा सार्वजनिक संस्थाको कुनै अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।
तर, कुनै सरकारी अधिकृत वा सार्वजनिक संस्थाको अधिकृत कर्मचारीलाई अनुसन्धान अधिकृत नियुक्त गर्नु वा तोक्नु पर्दा अवस्था अनुसार नेपाल सरकार वा सम्बन्धित निकायको मुख्य पदाधिकारीसंग परामर्श लिनु पर्नेछ ।